शीर्षकहरू

एसियन गेम्स छनोटबाट बाहिरियो नेपाल

एसियन गेम्स छनोटबाट बाहिरियो नेपाल

काठमाडौं । नेपाली महिला क्रिकेट टोली एसियन गेम्स २०२६ मा छनोट हुन असफल भएको छ। मलेसियामा भएको निर्णायक तेस्रो स्थानको खेलमा नेपाल चीनसँग ५ विकेटले पराजित भयो। वर्षाले प्रभावित खेलमा नेपालले ७ ओभरमा ५० रन बनाएको थियो। डिएलएस विधिअनुसार ४३ रनको लक्ष्य पछ्याएको चीनले अन्तिम बलमा चौका प्रहार गर्दै जित निकाल्यो।

यो जितसँगै चीन एसियन गेम्समा छनोट भएको छ भने नेपालले अन्तिम क्षणमा अवसर गुमाएको छ। थाइल्यान्ड र मलेसिया यसअघि नै छनोट भइसकेका छन्।
 

प्रतिक्रिया