शीर्षकहरू

विद्युत् प्राधिकरण पुनःसंरचनामा स्थानीय तह र समुदायको भूमिका सुनिश्चित गर्न माग

विद्युत् प्राधिकरण पुनःसंरचनामा स्थानीय तह र समुदायको भूमिका सुनिश्चित गर्न माग

काठमाडौं । सामुदायिक विद्युत् उपभोक्ता राष्ट्रिय महासङ्घले नेपाल विद्युत् प्राधिकरणको पुनःसंरचना गर्दा स्थानीय सरकार र समुदायको भूमिका सुनिश्चित गर्नुपर्ने माग गरेको छ।

महासङ्घका अध्यक्ष नारायण ज्ञवालीले विज्ञप्ति जारी गर्दै विद्युत् वितरण प्रणालीलाई प्रभावकारी, छिटोछरितो र जवाफदेही बनाउन स्थानीय तह र सामुदायिक संस्थाको सक्रिय सहभागिता आवश्यक रहेको बताएका छन् । उनका अनुसार स्थानीय सरकारलाई जिम्मेवार बनाउँदा चुहावट नियन्त्रण र सेवा प्रवाहमा सुधार आउनेछ।

महासङ्घले ५० युनिटभन्दा बढी विद्युत् खपत गर्ने उपभोक्तामाथि लगाइएको पाँच प्रतिशत भ्याट तत्काल फिर्ता लिनुपर्ने मागसमेत गरेको छ। साथै विद्युत् महसुल दरलाई वैज्ञानिक, व्यावहारिक र समुदायमैत्री बनाउन पुनरावलोकन गर्नुपर्ने र कृषि, सिँचाइ तथा उद्योगमा विद्युत् खपत बढाउन विशेष सहुलियत प्याकेज ल्याउनुपर्ने सुझाव पनि दिएको छ।

नेपालमा हाल करिब ४ हजार ९०० मेगावाट विद्युत् उत्पादन क्षमता पुगेको सन्दर्भमा स्वदेशी खपत बढाउनु आवश्यक रहेको महासङ्घले जनाएको छ।

प्रतिक्रिया