शीर्षकहरू

कुशल भुर्तेलको टी-२० आईमा लगातार दोस्रो शतक, मलेसियाविरुद्ध ५४ बलमा १२६ रन

कुशल भुर्तेलको टी-२० आईमा लगातार दोस्रो शतक, मलेसियाविरुद्ध ५४ बलमा १२६ रन

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका ओपनर कुशल भुर्तेलले एसियन गेम्स छनोट प्रतियोगितामा लगातार दोस्रो खेलमा शतक प्रहार गरेका छन्।

मलेसियाविरुद्धको खेलमा उनले केवल ४४ बलमा शतक पूरा गर्दै आक्रामक ब्याटिङ प्रदर्शन गरे। भुर्तेलले ५४ बलमा १२६ रन बनाएर आउट भए।

यसअघि उनले चीनविरुद्धको खेलमा मात्र ३५ बलमा शतक प्रहार गरेका थिए। लगातार दुई खेलमा शतक बनाउँदै भुर्तेल उत्कृष्ट फर्ममा रहेका छन्।

प्रतिक्रिया