शीर्षकहरू

हेन्ली पासपोर्ट इन्डेक्स २०२६ : नेपाल ९७औँ स्थानमा उक्लियो

हेन्ली पासपोर्ट इन्डेक्स २०२६ : नेपाल ९७औँ स्थानमा उक्लियो

काठमाडौं । हेन्ली पासपोर्ट इन्डेक्स २०२६ अनुसार नेपालको पासपोर्ट र्‍याङ्किङमा सुधार आएको छ। गत वर्ष १०१औँ स्थानमा रहेको नेपाल यस वर्ष ९७औँ स्थानमा पुगेको छ। नेपाल र उत्तर कोरिया दुवैको भिसा(फ्री स्कोर ३५ रहेको छ।

यस वर्ष सिंगापुर विश्वकै सबैभन्दा शक्तिशाली पासपोर्टसहित पहिलो स्थानमा रहेको छ। सिंगापुरका नागरिकले १९२ देशमा भिसाविना यात्रा गर्न सक्छन्। जापान, दक्षिण कोरिया र संयुक्त अरब इमिरेट्स (यूएई) १८७ देशमा भिसा(फ्री पहुँचसहित संयुक्त दोस्रो स्थानमा छन् भने स्विडेन १८६ स्कोरसहित तेस्रो स्थानमा रहेको छ।

भारत ५७ देशमा भिसा(फ्री पहुँचसहित ७८औँ स्थानमा छ भने चीन ८२ स्कोरसहित ५६औँ स्थानमा पुगेको छ। पाकिस्तान ३० स्कोरसहित १००औँ स्थानमा रहेको छ। गत वर्ष शीर्ष १० बाट बाहिरिएको अमेरिका १७९ स्कोरसहित पुनः १०औँ स्थानमा फर्किएको छ। बेलायत पनि सुधार गर्दै १८३ स्कोरसहित छैटौँ स्थानमा पुगेको छ। सूचीको पुछारमा अफगानिस्तान २३ देशमा मात्र भिसा(फ्री पहुँचसहित १०३औँ स्थानमा रहेको छ। सिरिया १०२औँ र इराक १०१औँ स्थानमा रहेका छन्।
 

प्रतिक्रिया