काठमाडौं । अल–हैल व्यावसायिक तालिम तथा साँस्कृतिक केन्द्र भवन उद्घाटन गरिएको छ । शुक्रबार एक कार्यक्रमकाबीच काठमाडौंको महाराजगञ्जमा निर्माण गरिएको उक्त भवन उद्घाटन गरिएको हो ।
जासिम एण्ड हमद बिन जासिम च्यारिटेबल फाउन्डेसनको आर्थिक सहयोगमा कतार च्यारिटी र हिल नेपालले उक्त भवन निर्माण गरेका हुन् । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री सुरेन्द्रराज आचार्यले भवन उद्घाटन गरेका हुन् । सो समारोहमा कतारी राजदूत मिशाल मोहम्मद अल–अन्सारी लगायतको उपस्थिति रहेको थियो ।
उक्त भवन १८ महिना अगाडी तत्कालीन सहरी विकास मन्त्री रामकुमारी झाँक्रीले शिलान्यास गरेकी थिइन् ।
आर्थिकन्यूज
प्रतिक्रिया