शीर्षकहरू

आइएमई लाइफको भक्तपुर शाखा अब श्रृजनानगर चोकमा

आइएमई लाइफको भक्तपुर शाखा अब श्रृजनानगर चोकमा

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्सले भक्तपुर शाखा कार्यालय स्थानान्तरण गरेको छ । यसअघि भक्तपुर नगरपालिका वडा नं. १ स्थित नगरकोट रोड, सल्लाघारी सपिङ कम्प्लेक्समा रहेको भक्तपुर शाखा कार्यालय करिब ४०० मिटर अगाडि श्रृजनानगर चोकमा स्थानान्तरण गरिएको कम्पनीले जानकारी दिएको हो ।

कम्पनीका अनुसार उक्त स्तानान्तरित शाखा कार्यालयको उद्घाटन मङ्सिर २९ गते शुक्रबार सम्पन्न भएको छ। आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत कवि फुँयालले शाखा कार्यालय उद्घाटन गरेका थिए ।

कार्यक्रममा कम्पनीका प्रमुख सञ्चालन अधिकृत दिनेश अमात्य, नेफ्स्कुनका सञ्चालक सदस्य तथा पारिजात साकोसका अध्यक्ष टंकराज काफ्ले लगायत अन्य कर्मचारीहरू, एजेन्सी म्यानेजरहरू, अभिकर्ताहरू र स्थानीयबासीको उपस्थिति रहेको थियो।

नयाँ स्थानमा शाखा कार्यालय स्थानान्तरण सँगै कम्पनीका सेवाग्राही र अभिकर्ताहरूले थप सहज र गुणस्तरीय सेवासुविधा प्राप्त गर्ने कम्पनीका प्रमुख कार्यकारी अधिकृत फुयाँलले बताए ।

प्रतिक्रिया