aarthiknews.com विहीबार, ०६ माघ २०७८   Thursday, 20 January, 2022
 
British College

धितोपत्र बोर्ड अध्यक्ष नियुक्तीको कार्यविधिमा पुनः झेल, दुई जनालाई मात्र फिट हुने बनाइयो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, ०१ माघ २०७८
धितोपत्र बोर्ड अध्यक्ष नियुक्तीको कार्यविधिमा पुनः झेल, दुई जनालाई मात्र फिट हुने बनाइयो
Global IME
LBF

काठमाडौं । धितोपत्र बोर्डको नयाँ अध्यक्ष नियुक्तीका लागि कार्यविधि संशोधन गर्दै समिति व्यक्तिलाई फिट हुने बनाइएको  छ । कार्यविधिमा यसभन्दा पहिलाको कार्यविधिलाई अध्यक्ष नियुक्तीका लागि बनेको सिफारिस समितिले परिवर्तन गर्दै आवेदन दिएका १५ जनामध्ये २ जनालाई मात्र फिट हुने कार्यविधि बनाइएको छ । दोस्रो पटक खुलाईएको विज्ञापनको समय सकिन एक दिनअघि पुष २८ गते २ बजे पहिलो पटकको सूचनामा भएको कार्यविधि परिवर्तन गर्दै दुई जनालाई मात्रै फिट हुने कार्यविधि बनाएको हो । 

उक्त कार्यविधिमा आवेदन दिएकाहरुको योग्यता, कार्ययोजना र अनुभवलाई आधार बनाएर अंक दिइने उल्लेख छ । अध्यक्ष नियुक्तका लागि बनेको कार्यविधिमा शैक्षिक योग्यता, अनुभव र तालिममा ५० अंक, व्यवसायीक कार्ययोजनामा ५० अंक, प्रस्तुतिकरणमा ३० अंक र अन्तरवार्तामा २० अंक गरि कुल १५० अंक ल्याउने व्यक्ति बोर्डको अध्यक्षमा नियुक्त हुन योग्य मानिने उल्लेख छ ।

त्यस्तै, यसमा पनि शैक्षिक योग्यतामा दिइने २० अंकमा पनि चार उपशिर्षक बनाइएको छ । जसमा स्नाकोत्तरमा प्रथम श्रेणी ल्याउनेलाई २० अंक दिइने उल्लेख छ । यसभन्दा पहिलाको कार्यविधिमा १८ अंक दिने रहको थियो । त्यस्तै, द्धितिय श्रेणी ल्याउनेलाई १७ पाउनेलाई १८ अंक बनाइएको छ । भने तृतिय श्रेणी ल्याएकालाई १६लाई १७ अंक र विद्यावारिधि गरेकालाई २ बाट ३ अंक थप गरि ५ अंक दिइने भनिएको छ ।
 
त्यस्तै, तालिम(वित्तीय र व्यवस्थापन क्षेत्रसँग सम्बन्धीत तगातार ३० कार्य दिन वा सोभन्दा बढीलाई ५ अंक, प्रथम श्रेणी ५ अंक, द्धितिय श्रेणी ४ अंक, तृतिय श्रेणी ३ अंक र श्रेणी नखुलेको हकमा द्धितिय सरहको अंक प्रदान गरिने कार्यविधिमा उल्लेख छ ।  यसभन्दा पहिला सम्बन्धीत क्षेत्रको कार्य अनुभव(व्यवस्थापकीय तहको मात्र)मा २५ अंक ल्याउन पर्ने कार्यविधिमा उल्लेख बनाइएको छ । ७ देखि १५ वर्ष अनुभव रहेकाले २३ अंक र १० वर्षभन्दा बढी अनुभव भएकाले २५ अंक प्राप्त गर्नेे कार्यविधिमा उल्लेख छ  । तर, पुन दोस्रो पटक सूचना जारी हुनुभन्दा एकदिन अघि मात्रै मन्त्रालयले १० देखि १५ वर्ष ५ देखि १० वर्षसम्मको अनुभवलाई समावेश गरिएको छैन ।

हाल आवेदन दिएका १५ जनामध्ये ७ देखि १० वर्षको व्यवस्थापकिय तह प्रथम श्रेणी वा सोभन्दा माथि रहेर काम गर्ने नेपाल राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक डा. गोपाल भट्ट र नेपाल धितोपत्र बोर्डका कार्यकारी निर्देशक निरज गिरी मात्र रहेका छन् । धितोपत्र बोर्डको यो कार्यविधि आवेदनको समय सकिन एक दिनमात्र बाँकी रहेका बेलामा कार्यविधि शंसोधना गरेपछि १३ जना आवेदकहरुले भने विरोध जनाएका छन् । परिवर्तन गरिएको कार्यविधि विरुद्ध अदालत जानेसमेत बताएका छन् । धितोपत्र बोर्ड अध्यक्ष नियुक्ती कार्यविधि कानुन विपरित गएर अध्यक्ष नियुक्ती कार्यविधि संशोधन गरेकाले अदालत जाने एक जना आवेदकले आर्थिकन्युज डटकमलाई जानकारी दिए ।  

त्यस्तै, व्यवसायीक कार्ययोजनाको मूल्यांकनको आधारमा दिइने २० अंकमा पनि ७ वटा उपशिर्षकमा नम्बर प्रदान गर्ने कार्यविधिमा उल्लेख छ । जसमा संस्थाको यथार्थ अबस्थाको जानकारीमा ५ अंक, स्पष्ट धारणामा ५ अंक, विश्लेषण तथा तार्किकतामा १० अंक, सृजनशिलता, नेतृत्व र संयोजनमा ५ अंक, समस्याको पहिचान र सुधारको लागि सुझाव १० अंक, प्राथमिकता र कार्यान्वयन पक्षमा ५ अंक र कार्य योजनाको ढाँचा र लेखन शैलीलाई ५ अंक दिने उल्लेख छ ।  

धितो पत्र बोर्डको अध्यक्ष बन्ने दोस्रो पटक खुलेको आवेदनमा  रमेश अधिकारी, कृष्णराज पोखरेल, खगेन्द्र कटुवाल र मुक्ति अर्यालले निवेदन दिएका छन् । यी चार जनाले पहिलो पटक खुलेको विज्ञापनमा आवेदन दिएका थिएनन् । 
  
यससँगै पहिलो पटकको आवेदनमा पनि परेकाहरुमा डा. नवराज अधिकारी, डा.जिवन अम्गाई, डा. गोपालप्रसाद भट्ट, डा.केशवप्रसाद श्रेष्ठ, चिरञ्जिवी चापागाई, अम्बिका शर्मा लामिछाने, रमेश कुमार हमाल, सिताराम थपलिया, अनिलराज पौडेल, निरज गिरी र हेमन्त बस्याल रहेका छन् । 

पहिलो पटक खुलेको विज्ञापनमा आवेदन दिएका कर्मचारी सञ्चय कोषका पूर्व प्रमुश प्रशासक कृष्ण प्रसाद आचार्यले भने पछिल्लो पटक खुलेको विज्ञापनमा आवेदन दिएका छैनन् ।  

अध्यक्ष बन्नका लागि धितोपत्र सम्बन्धी ऐन, २०६३ बमोजिम देहायको योग्यता भएको, उच्च नैतिक चरित्र भएको, कम्तीमा स्नातकोत्तर उपाधि हासिल गरी धितोपत्र बजार व्यवस्थापनमा काम गरेको ह्ुनुपर्ने छ । 

त्यस्तै, पूँजी बजार विकास, आर्थिक, वित्तीय, वाणिज्य, व्यवस्थापन या कानून क्षेत्रमा कम्तीमा सात वर्षको पेशागत अनुभव हासिल गरेको हुनुपर्ने छ ।  धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा बमोजिम अयोग्य नरहेको र आवेदकले आवेदन दिने अवधि भित्र ३० वर्ष पुरा भई ६० वर्ष रहेकोमा संशोधन गरिएको नयाँ कार्यविधिमा उमेर पनि ५ वर्ष बढाइएको छ । ६५ वर्ष ननाघेको हुनपर्ने बनाएको छ । 

प्रतिक्रिया दिनुहोस