काठमाडौं । सीजी मोटोकर्प प्रालिले नेपालमा सुजुकी अटोमोबाइल्सका लागि राष्ट्रव्यापी ‘सुजुकी समर सर्भिस क्याम्प’ सुरु गरेको छ। जुन ७ देखि ९ (जेठ २४–२६,) सम्म सञ्चालन हुने यो अभियान देशभरका सबै अधिकृत सुजुकी सर्भिस सेन्टरमार्फत उपलब्ध हुनेछ।
कम्पनीका अनुसार गर्मी र मनसुनपूर्वको मौसमलाई ध्यानमा राख्दै सवारी साधनको सुरक्षा, प्रदर्शन र विश्वसनीयता सुनिश्चित गर्ने उद्देश्यले यो सेवा अभियान सञ्चालन गरिएको हो। वर्षा र चिप्लो सडकका कारण सवारी जोखिम बढ्ने समयमा ग्राहकलाई सहज र सुरक्षित यात्रा सुनिश्चित गर्न क्याम्प आयोजना गरिएको कम्पनीले जनाएको छ।
तीन दिने क्याम्पअन्तर्गत ग्राहकहरूले विभिन्न निःशुल्क सेवा तथा छुट सुविधाको लाभ लिन सक्नेछन्। स्पेयर पार्टस र लुब्रिकेन्टमा १० प्रतिशत छुट, लेबर चार्जमा २० प्रतिशत छुट दिइनेछ भने सुजुकी डायग्नोस्टिक टुल (SDT) जाँच, सामान्य सवारी निरीक्षण, एसी तथा हिटर जाँच र ब्याट्री परीक्षण निःशुल्क गरिनेछ।
क्याम्पको प्रमुख आकर्षणका रूपमा लकी ड्रसमेत आयोजना गरिएको छ। सेवा अवधिभर सर्भिस गराउने ग्राहकहरूमध्येबाट छानिएका १० जना भाग्यशाली विजेताले नगरकोटस्थित भंगेरी दरबार रिसोर्टमा लक्जरी स्टेकेसन प्याकेज जित्ने अवसर पाउनेछन्।
सीजी मोटोकर्पले सबै सुजुकी सवारीधनीलाई नजिकको अधिकृत सर्भिस सेन्टरमा पुगेर अभियानका सुविधाको अधिकतम लाभ लिन र आगामी मनसुनका लागि आफ्नो सवारी साधन तयार राख्न आग्रह गरेको छ।
आर्थिकन्यूज
प्रतिक्रिया