शीर्षकहरू

‘कोरोना भाइरस’ - मेड इन चाइना कि अमेरिका ?

‘कोरोना भाइरस’ - मेड इन चाइना कि अमेरिका ?

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्डो ट्रम्पले विश्वभर आतकं मच्चाइरहेको कोरोना भाइरसलाई चिनियाँ भाईरस भनेका छन् । उनको यो पछिल्लो अभिव्यक्तिलाई जातिवादी र अत्तिसयोक्ति भन्दै विश्वव्यापि विरोध भइरहेको छ ।  

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता चाओ लिचियानले चीनको वुहानबाट फैलिएको कोरोना भाइरस अमेरिकि सेनाले त्यहाँ ल्याएर छोडेको आरोप लगाएको केहि दिनमै अमेरिकी राष्ट्रपति डोनाल्डो ट्रम्पले यस्तो आरोप लगाएका हुन् । 

उनले ट्वीटमा भनेका छन्,‘चाइनिज भाइरसबाट प्रभावित उद्योग, एयरलाइन्स र अन्य व्यवसायलाई अमेरिकाले साथ दिनेछ। हामी पहिलेभन्दा अझ बलियो बन्नेछौं।’

गत शुक्रवार चिनियाँ पक्षले अमेरिकालाई आरोप लगाएपछि तत्कालै कुनै प्रतिक्रिया आएको थिएन । तर मंगलवार राष्ट्रपति ट्रम्पले समाजिक सञ्जाल ट्विटरमार्फत कोरोलाई चिनियाँ भाइरस भन्दै कुटनैतिक जवाफ फर्काएका हुन् । त्यसो त चिनियाँ प्रवक्ताले समेत ट्विटरमार्फत नै अमेरिकी सेनाले हुबेईको वुहानमा कोरोना भाइरस भित्र्याएको आरोप लगाएका थिए । 

यस अघि कोरोना भाइरस चीनको समुद्री खानाबाट फैलिएको भन्ने समाचारहरु विश्वव्यापिरुपमा प्रशारण हुँदै आएका थिए । तर केहि दिन यता कोरोना भाइरस प्राकृतिकरुपमा विकास नभएर मानव निर्वित भएको भन्ने तर्क र आशंकाहरु चीन र अमेरिकाले एक अर्कालाई लगाएको आरोपले बलियो बन्दै गएको छ । 

केहि अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले कोरोनाको विकास इजरायलहरुले गरेका हुन् भन्ने आशंका समेत यस अघि नै गरिसकेका छन् । चीनको तिव्रतर आर्थिक विकासलाई धक्का पुर्याउने उदेश्य अनुरुप इजराइली र अमेरिकी योजना मुताविक कोरोना मार्फत चीन विरुद्ध जैविक आक्रमण गरिएको भन्ने ति सञ्चारमाध्यमहरुले आरोप लगाउदै आएका थिए । 

कसले बनायो कोरोना भाइरस :चीन, अमेरिका कि इजरायलले ?

अमेरिकी सेनाले चीनमा कोरोना भाइरस फैलाएको हो: प्रवक्ता चाओ