शीर्षकहरू

अमेरिकी सेनाले चीनमा कोरोना भाइरस फैलाएको हो: प्रवक्ता चाओ

अमेरिकी सेनाले चीनमा कोरोना भाइरस फैलाएको हो: प्रवक्ता चाओ

काठमाडौं । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता चाओ लिचियानले चीनमा कोरोना भाइरस कोभिड-१९ को कारक अमेरिकी सेना भएको बताएका छन् । उनले शुक्रबार सामाजिक सञ्जाल ट्वीटरमार्फत् अमेरिकी सेनाले हुबेईको वुहानमा कोरोना भाइरस भित्र्याएको आरोप लगाएका हुन् ।

शुक्रबार बिहान चाओले क्यानडेली कन्सपाइरेशन वेबसाइटले उल्लेख गरेअनुसार कोरोना भाइरस चीनको समुद्री खानाबाट नफैलिएको बताएका छन् । वेबसाइटले यो भाइरस अमेरिकामा निस्किएको दाबी गरेको थियो । आधिकारिक एकाउन्टबाट ट्वीट गर्दै चाओ यसले आफूले यसअघि विश्वास गर्दै आएको कुरालाई पनि परिवर्तन गरिदिएको भनेका छन् । 

यस विषयमा चीनस्थित अमेरिकी दूतावासले भने कुनै प्रतिक्रिया दिएको छैन । गत अक्टोबरमा चीनको वुहानमा इन्टरनेशनल मिलिटरी वर्ल्ड गेम्स आयोजना गरिएको थियो, यसमा अमेरिकी सेनाले पनि भाग लिएको थियो । अहिले लगाइएको आरोप सोही प्रतियोगितासँग जोडिएको बताइएको छ ।

गत डिसेम्बरमा चीनको वुहानमा पहिलोपटक यो भाइरस पाइएको थियो । अहिले यसको संक्रमण विश्वका १२४ मुलुकमा फैलिसकेको छ । यसबाट मृत्यु हुनेको संख्या पनि ५ हजारको हाराहारीमा पुगेको छ ।