काठमाडौं । चालु आर्थिक वर्षको जेठ महिनामा १ लाख ४८ हजार ७६३ पटक घरजग्गाको कारोबार भएको छ । जहाँ सबैभन्दा धेरै कारोबार भूमि प्रशासन कार्यालय नेपालगन्जमा भएको छ ।
नेपालगञ्जमा कुल ७ हजार २८२ पटक घरजग्गाको कारोबार भएको छ । जसमध्ये १ हजार १०७ पटक लिखत पारित भएको छ । यस्तै, भूमि प्रशासन कार्यालय भद्रपुर झापाबाट ६ हजार २६२ पटक कारोबार भएको छ । जसमध्ये १ हजार ९०६ पटक लिखत पारित भएको छ ।
भूमि प्रशासन कार्यालय इनरुवाबाट ४ हजार २०३ पटक कारोबार भएकोमा १ हजार ९९६ पटक लिखत पारित भएको छ । सबैभन्दा धेरै लिखत पारित गर्ने कार्यालयपनि पनि इनरुवानै हो ।
भूमि प्रशासन कार्यालय कलंकीबाट ४ हजार ८४ पटक, भूमि प्रशासन कार्यालय भक्तपुरबाट ३ हजार ९३८ पटक, भूमि प्रशासन कार्यालय बेलबारीबाट ३ हजार ९१९ पटक, भूमि प्रशासन कार्यालय चितवनबाट ३ हजार ६६५ पटक, भूमि प्रशासन कार्यालय जनकपुरधामबाट ३ हजार ४९६ पटक घरजग्गाको कारोबार भएको छ ।
त्यसैगरी, भूमि प्रशासन कार्यालय लगनखेलबाट ३ हजार ४९६ र भूमि प्रशासन कार्यालय कास्कीबाट ३ हजार २१८ पटक घरजग्गाको कारोबार भएको छ ।

आर्थिकन्यूज
प्रतिक्रिया