शीर्षकहरू

आज बस्दै प्रतिनिधिसभा बैठक, बजेटमाथिको छलफलमा अर्थमन्त्रीले जवाफ दिने

आज बस्दै प्रतिनिधिसभा बैठक, बजेटमाथिको छलफलमा अर्थमन्त्रीले जवाफ दिने

काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्दैछ। बैठकमा आगामी आर्थिक वर्षको राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) माथिको छलफललाई निरन्तरता दिइने कार्यसूची रहेको छ। आजको बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बजेटमाथि सांसदहरूले उठाएका प्रश्न तथा जिज्ञासाको जवाफ दिनेछन्।

साथै, अर्थमन्त्री वाग्लेले विनियोजन विधेयक, २०८३ र राष्ट्र ऋण उठाउने विधेयक, २०८३ प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव सभामा पेश गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ।

त्यसैगरी, बैठकमा नेपाल राष्ट्र बैंक (तेस्रो संशोधन) विधेयक, २०८३ समेत प्रस्तुत गर्ने कार्यक्रम रहेको छ।

प्रतिक्रिया