काठमाडौं । भल्वो आइसर कमर्सियल भेइकल्सको नेपालका लागि आधिकारिक वितरक बतास एमएडब्ल्यु कमर्सियल भेइकल्स (बीएमसीभी) ले थाइल्याण्डमा आयोजित ‘एडीसी २०२६ एनुअल डिलरसिप कन्फ्रेन्स’मा हेभी कमर्सियल बस सेगमेन्टतर्फ प्रतिष्ठित ‘ब्रेकथ्रु अवार्ड’ जितेको छ।
नेपालमा बस सेगमेन्टमा गरेको उत्कृष्ट प्रदर्शन र तीव्र बजार विस्तारको कदरस्वरूप भल्वो आइसर कमर्सियल भेइकल्स लिमिटेड (भीईसीभी) ले उक्त अवार्ड प्रदान गरेको हो।
कम्पनीका अनुसार २०० भन्दा बढी अन्तर्राष्ट्रिय डिलरलाई पछि पार्दै बीएमसीभीले यो उपलब्धि हासिल गरेको हो। यसले नेपाली बजारमा आइसर ब्रान्डको द्रुत वृद्धि र बढ्दो ग्राहक विश्वासलाई प्रतिबिम्बित गरेको कम्पनीले जनाएको छ।
यो सफलता विशेषगरी आइसरको हेभी कमर्सियल बस ‘आइसर म्याजेस्टिक’ को लोकप्रियतासँग जोडिएको छ। सार्वजनिक यातायात व्यवसायी, ट्राभल कम्पनी तथा विभिन्न यातायात समितिमाझ छोटो समयमै उक्त बसले बलियो उपस्थिति बनाउन सफल भएको कम्पनीको दाबी छ।
कम्पनीले उक्त अवार्डले भल्वो आइसर र बतास एमएडब्ल्यु कमर्सियल भेइकल्सबीचको सफल साझेदारीलाई थप मजबुत बनाएको जनाएको छ।
आर्थिकन्यूज
प्रतिक्रिया