शीर्षकहरू

एसियाली खेलकुद क्रिकेट छनोटको फाइनलमा हङकङविरुद्ध नेपाल, टस जितेर बलिङ गर्दै

एसियाली खेलकुद क्रिकेट छनोटको फाइनलमा हङकङविरुद्ध नेपाल, टस जितेर बलिङ गर्दै

काठमाडौं । एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेट छनोट प्रतियोगिताको फाइनलमा नेपालले हङकङविरुद्ध टस जितेर पहिले बलिङ गर्दैछ । 

सिंगापुरस्थित सिँगा क्रिकेट ओभलमा नेपाली टोलीका कप्तान दीपेन्द्रसिंह ऐरीले टस जित्दै हङकङलाई ब्याटिङको निम्तो दिएका हुन्।

फाइनल खेल दीपेन्द्रसिंह ऐरीका लागि विशेष बनेको छ। उनले हङकङविरुद्धको खेलमार्फत आफ्नो १००औँ ट्वान्टी–२० अन्तर्राष्ट्रिय खेल खेल्दै छन्।

नेपालले सेमिफाइनलमा ओमानविरुद्ध मैदान उत्रिएको टोलीमा दुई परिवर्तन गरेको छ। आरिफ शेखको स्थानमा सन्दीप जोरा तथा शेर मल्लको स्थानमा शाहब आलमलाई टोलीमा समावेश गरिएको छ।

नेपालको प्लेइङ–११ मा कप्तान दीपेन्द्रसिंह ऐरी, आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, लोकेश बम, सोमपाल कामी, रोहित पौडेल, सन्दीप जोरा, शाहब आलम, करन केसी र सन्दीप लामिछाने रहेका छन्।

फाइनलमा जित हात पार्दै नेपाल प्रतियोगिताको उपाधि उचाल्ने लक्ष्यसहित मैदानमा उत्रिएको छ।

null
 

प्रतिक्रिया