शीर्षकहरू

छानबिनपछि सफाइ पाउनेमा आशावादी छु, पुनः गृहमन्त्री बने दुई महिना तस्बिर खिच्न नआउनु : सुधन गुरुङ

छानबिनपछि सफाइ पाउनेमा आशावादी छु, पुनः गृहमन्त्री बने दुई महिना तस्बिर खिच्न नआउनु : सुधन गुरुङ

काठमाडौं । पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद सुधन गुरुङले आफ्नो सम्पत्तिसम्बन्धी उठेका प्रश्नहरूको छानबिनका लागि पदबाट राजीनामा दिएको बताएका छन्।

रास्वपा गोरखाको पहिलो जिल्ला अधिवेशन सत्रलाई सम्बोधन गर्दै गुरुङले सार्वजनिक पदमा रहँदा उठेका प्रश्नहरूको जवाफ दिन आफू जिम्मेवार रहेको उल्लेख गरे।

उनले भने, “मैले सार्वजनिक पदमा बसेर काम गरेपछि उठेका प्रश्नहरूको सामना गर्नुपर्छ भनेरै छानबिन समितिसमक्ष बयान दिएको हुँ। बयानका क्रममा कतिपय प्रश्नहरू निकै कडा थिए, जसको मंैले सहज र स्पष्ट जवाफ दिएको छु।”

उनका अनुसार छानबिन समितिको प्रतिवेदन हाल प्रधानमन्त्री कार्यालयमा पुगेको छ। उनले आफूले छानबिनपछि पूर्ण रूपमा सफाइ पाउनेमा आशावादी रहेको पनि बताए।

गुरुङले सम्भावित राजनीतिक पुनरागमनबारे संकेत गर्दै भने, “यदि समितिबाट सफाइ पाएर सरकारले मलाई पुनः गृहमन्त्री बनायो भने, मन्त्रालयमा आएर बधाई दिने र तस्बिर खिच्ने कामका लागि सुरुका दुई महिना कोही पनि नआइदिनुहोला।”

प्रतिक्रिया