राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जिल्ला अधिवेशनबाट विभिन्न जिल्लामा सभापति चयन भएका छन्। केही जिल्लामा निर्वाचनमार्फत र केही जिल्लामा सर्वसम्मत रूपमा नेतृत्व चयन गरिएको हो।
निर्वाचनमार्फत झापामा ओमनाथ भण्डारी, सुनसरीमा सागर दाहाल, काठमाडौंमा राजा शाक्य, नुवाकोटमा रामेश्वर गजुरेल, धादिङमा राजन अर्याल, सिन्धुलीमा अविनाश बस्नेत, पर्वतमा जलबहादुर पुर्जा, कास्कीमा यदुनाथ अधिकारी तथा दाङमा किरण खनाल सभापतिमा निर्वाचित भएका छन्।
त्यसैगरी सर्वसम्मत रूपमा तेह्रथुममा सुमन खत्री, ताप्लेजुङमा राजनकुमार कुरुङ, काभ्रेपलाञ्चोकमा प्रविण ढकाल, मकवानपुरमा सञ्जीव पाठक, म्याग्दीमा युवराज रोक्का, पाल्पामा विष्णुप्रसाद भण्डारी, रोल्पामा बालाराम थापा, गुल्मीमा हरि श्रेष्ठ तथा हुम्लामा लक्ष्मण ऐडी सभापति चयन भएका छन्।
यस्तै मोरङमा भरत कँडेल, भोजपुरमा ख्यामबहादुर भुजेल, ओखलढुंगामा कृष्णबहादुर थापा, संखुवासभामा भक्तनारायण श्रेष्ठ, दोलखामा दिनेश बस्नेत तथा भक्तपुरमा रामेश्वर बस्नेत सभापति बनेका छन्।
आर्थिकन्यूज
प्रतिक्रिया