शीर्षकहरू

एनआईसी एशियाको क्रेडिट कार्डमार्फत डाउनपेमेन्टबिनै ​​​​​​​शून्य ब्याजदरमा अनर स्मार्टफोन किन्न सकिने

एनआईसी एशियाको क्रेडिट कार्डमार्फत डाउनपेमेन्टबिनै ​​​​​​​शून्य ब्याजदरमा अनर स्मार्टफोन किन्न सकिने

काठमाडौं । एनआईसी एशिया बैंक र नेपालका लागि अनर ब्रान्डका स्मार्टफोनको आधिकारिक बिक्रेता ईफिक्स नेपाल बीच ग्राहकलाई विशेष सुविधा उपलब्ध गराउने उद्देश्यले सम्झौता भएको छ ।

बैंकले आफ्ना ग्राहकलाई डिजिटल बैंकिङ सेवामार्फत थप सहज र आकर्षक सुविधा प्रदान गर्ने रणनीतिअनुसार ईफिक्स नेपालसँग सहकार्य गरेको जनाएको छ ।

सम्झौतापत्रमा बैंकका तर्फबाट ट्रान्जेक्सन बैंकिङ प्रमुख नरेन्द्र मैनाली र ईफिक्स नेपालका आईटी म्यानेजर अश्विन गोपाल शर्माले हस्ताक्षर गरेका छन् ।

सम्झौताअनुसार एनआईसी एशिया बैंकका क्रेडिट कार्ड प्रयोगकर्ताले अनर ब्रान्डका स्मार्टफोनहरू ईफिक्स नेपालको वेबसाइटमार्फत क्रेडिट कार्ड प्रयोग गरी शून्य प्रतिशत ब्याजदर (०% ईएमआई) मा खरिद गर्न सक्नेछन् । ग्राहकले कुनै अतिरिक्त ब्याज नतिरी अधिकतम १२ महिनासम्म किस्ताबन्दीमा भुक्तानी गर्न पाउने व्यवस्था गरिएको बैंकले जनाएको छ ।

मासिक किस्ताबन्दी सुविधाका लागि ग्राहकले बैंकको अनलाइन पोर्टलमार्फत आवेदन दिएर भुक्तानीलाई सहज रूपमा ईएमआईमा रूपान्तरण गर्न सक्नेछन् ।

त्यस्तै, विदेशमा रहेका नेपालीहरूले पनि ईफिक्स नेपालको वेबसाइटमार्फत बैंकको ‘साइबरसोर्स’ आधारित अनलाइन भुक्तानी प्रणाली प्रयोग गरी नेपालमा रहेका आफ्ना परिवारजन वा आफन्तका लागि स्मार्टफोन खरिद गर्न सक्ने व्यवस्था गरिएको छ । उक्त प्रणालीमा विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बैंकबाट जारी भएका भिसा र मास्टरकार्ड प्रयोग गर्न सकिने जनाइएको छ ।

बैंकले यस सहकार्यले ग्राहकलाई डिजिटल भुक्तानीको प्रयोग बढाउन, सहज किस्ताबन्दी सुविधा उपलब्ध गराउन तथा आधुनिक बैंकिङ अनुभव प्रदान गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ ।

प्रतिक्रिया