शीर्षकहरू

कजारिया रमेश टायल्सद्वारा ‘डाइन विथ द डिभाज’ अभियान सार्वजनिक

कजारिया रमेश टायल्सद्वारा ‘डाइन विथ द डिभाज’ अभियान सार्वजनिक

काठमाडौं । ‘द हिडेन ट्रेजर मिस नेपाल २०२६’ को मुख्य प्रायोजक कजारिया रमेश टायल्स लिमिटेडले आफ्ना ग्राहकलाई लक्षित गर्दै विशेष उपहार योजना ‘डाइन विथ द डिभाज – एन इभिनिङ विथ मिस नेपाल’ सार्वजनिक गरेको छ। यस अभियानमार्फत मिस नेपाल अडिसन आयोजना हुने प्रमुख सहरका ग्राहकले वर्तमान मिस नेपाल विजेताहरूसँग विशेष डिनरमा सहभागी हुने अवसर प्राप्त गर्नेछन्।

कम्पनीका अनुसार अभियान अवधिभर एकै पटक न्यूनतम १ हजार वर्गफिट कजारिया टायल्स खरिद गर्ने ग्राहकहरू यस योजनामा सहभागी हुन सक्नेछन्। यो योजना मिस नेपाल क्षेत्रीय अडिसन टुरसँग जोडिएको छ र नेपालगञ्ज, बिर्तामोड, इटहरी, पोखरा, बुटवल, जनकपुर र काठमाडौंका ग्राहकका लागि लागू हुनेछ।

अभियान सार्वजनिक गर्दै कजारिया रमेश टायल्सका प्रवक्ताले मिस नेपालसँगको सहकार्यले सौन्दर्य, आत्मविश्वास र आधुनिक जीवनशैलीलाई प्रवर्द्धन गर्ने बताउँदै ग्राहकलाई विशेष अनुभव प्रदान गर्ने उद्देश्यले कार्यक्रम ल्याइएको जानकारी दिए।

यो अभियान जेठ १० गतेदेखि जेठ २५ गतेसम्म सञ्चालन हुनेछ। अभियानमा सहभागी हुन ग्राहकले तोकिएको अवधिभित्र गरिएको खरिदको आधारमा योग्यता प्राप्त गर्नेछन् भने अन्य नियम तथा सर्तहरू पनि लागू हुने कम्पनीले जनाएको छ।

गुणस्तरीय टायल्स उत्पादनमा कजारियाको पहिचान

कजारिया रमेश टायल्स लिमिटेडले अत्याधुनिक प्रविधिसहित नेपालकै ठूलो टायल्स उत्पादन उद्योग सञ्चालन गर्दै आएको छ। कम्पनीले सुपरब्रान्ड २०२५, एशियाज मोस्ट प्रमिसिङ ब्रान्ड लगायतका अन्तर्राष्ट्रिय मान्यता प्राप्त गरेको छ। साथै, कम्पनी आईएसओ ९००१:२०१५ र आईएसओ १४००१:२०१५ प्रमाणित रहेको छ।

हाल कजारियाले देशभर १०० भन्दा बढी शोरुम मार्फत आफ्ना उत्पादन बिक्री गर्दै आएको छ। कम्पनीसँग ३ हजारभन्दा बढी डिजाइनका टायल्स उपलब्ध छन्, जसले टिकाउपन, आकर्षक डिजाइन र उत्कृष्ट कार्यसम्पादनको संयोजन प्रदान गर्ने जनाएको छ।
 

प्रतिक्रिया