काठमाडौँ । सामसङ नेपालले ग्राहकलाई लक्षित गर्दै “सामसङ सेभिङ डेज” अफर सार्वजनिक गरेको छ। यस अफरअन्तर्गत वासिङ मेसिन र रेफ्रिजेरेटर खरिदमा आकर्षक छुटका साथै २४ महिनासम्मको सजिलो मासिक किस्ता (ईएमआई) सुविधा उपलब्ध गराइएको कम्पनीले जनाएको छ।
कम्पनीका अनुसार यो अफर सन् २०२६ मे २१ देखि जुलाई १९ सम्म सञ्चालन हुनेछ। गर्मीयाममा घरका आवश्यक विद्युतीय उपकरणहरू सहज रूपमा स्तरोन्नति गर्न चाहने ग्राहकलाई लक्षित गरी यो योजना ल्याइएको हो।
अफरअन्तर्गत चयनित वासिङ मेसिनमा २३ प्रतिशतसम्म तथा रेफ्रिजेरेटरमा १७ प्रतिशतसम्म छुट प्रदान गरिनेछ। साथै ग्राहकले २४ महिनासम्मको विस्तारित ईएमआई सुविधामार्फत उपकरण खरिद गर्न सक्नेछन्। वासिङ मेसिनका लागि मासिक किस्ता १ हजार ३७० रुपैयाँदेखि तथा रेफ्रिजेरेटरका लागि १ हजार ४०८ रुपैयाँदेखि सुरु हुने कम्पनीले जनाएको छ।
वासिङ मेसिनतर्फ एआई इकोबबल वासर ड्रायर (९–११ केजी) मा २३ प्रतिशतसम्म, एआई इकोबबल फ्रन्ट लोड (९–१२ केजी) मा २२ प्रतिशतसम्म तथा फुली अटोमेटिक र सेमी अटोमेटिक टप लोड मोडेलमा १२ प्रतिशतसम्म छुट उपलब्ध हुनेछ।
त्यसैगरी, रेफ्रिजेरेटरतर्फ साइड–बाइ–साइड (७०० लिटर) मोडेलमा ११ प्रतिशतसम्म, ‘फाइभ इन वान’ (३५०–४१९ लिटर) मा १५ प्रतिशतसम्म, डबल डोर (२५३–२७५ लिटर) मा १७ प्रतिशतसम्म तथा सिङ्गल डोर (१९२–२३० लिटर) मा १५ प्रतिशतसम्म छुट प्रदान गरिनेछ।
सामसङ इन्स्टा फाइनान्स सेवाअन्तर्गत हुलास फिनसर्भ हायर पर्चेज लिमिटेडमार्फत ग्राहकले १२ वा २४ महिनाको ईएमआई योजनामा उपकरण खरिद गर्न सक्ने व्यवस्था गरिएको छ।
यसका साथै, नयाँ सामसङ होम अप्लायन्स खरिद गर्न चाहने ग्राहकले ‘आर्को स्टोर’ तथा नेपालभर रहेका आधिकारिक सामसङ रिटेल स्टोरमार्फत आफ्ना पुराना उपकरण साटासाट (एक्सचेन्ज) गर्न सक्नेछन्।
आर्थिकन्यूज
प्रतिक्रिया