शीर्षकहरू

डाबर हनी न्यून गुणस्तरको, बजारबाट तत्काल फिर्ता गर्न निर्देशन

डाबर हनी न्यून गुणस्तरको, बजारबाट तत्काल फिर्ता गर्न निर्देशन

काठमाडौं । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले डाबर नेपालद्वारा उत्पादित डाबर हनी न्यून गुणस्तरको भेटिएको जनाएको छ। विभागले नमुना परीक्षणका क्रममा उक्त उत्पादन तोकिएको मापदण्डअनुसार नभएको पाइएको बताएको हो।

विभागका अनुसार न्यून गुणस्तर पुष्टि भएपछि सम्बन्धित ब्याचका सबै उत्पादन बजारबाट तत्काल फिर्ता गर्न तथा बिक्री–वितरण नगर्न उत्पादक कम्पनीलाई निर्देशन दिइएको छ।

खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ को दफा ३८(२) बमोजिम उक्त ब्याच नम्बरका सबै डाबर हनी फिर्ता गर्न आदेश जारी गरिएको विभागले जनाएको छ।

यसैगरी, विभागले म्याग्नेसियम ग्लाइसिनेट समावेश भएका कुनै पनि खाद्य पदार्थ उत्पादन, बिक्री तथा वितरण नगर्न सबै सरोकारवालालाई आग्रह गरेको छ।

यदि त्यस्ता खाद्य पदार्थ उत्पादन वा बिक्री–वितरण गरिएको पाइएमा खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ अनुसार कानुनी कारबाही गरिने विभागले चेतावनी दिएको छ।
 

प्रतिक्रिया