काठमाडौं । एभरेष्ट बैंकको चार लाख कित्ता साधारण शेयर मङ्गलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ । बैंकको अग्राधिकार शेयर साधारणशेयरमा परिणत भएपछि सूचीकृत गरेको हो । असोज ९ गते बैंकले अग्राधिकारबाट साधारणमा शेयरमा परिणत गरेको थियो ।
बैंकले जारी गरेको कुल २० लाख कित्ता अग्राधिकार शेयरमध्य हालसम्म १६ लाख कित्ता साधारण शेयरमा परिणत भईसकेको बताइको छ । प्रत्येक तीन वर्षमा २० प्रतिशतका दरले साधारण शेयरमा परिणत गर्दै आएको छ ।
बैंकले यस पटकसम्म चौंथो पटक अग्राधिकार शेयर साधारण शेयरमा परिणत गरिसकेको छ । अब बाँकी ४ लाख कित्ता शेयर प्रावधान अनुसार आगामी ३ वर्षपछि मात्र सर्वसाधारणमा परिणत हुनेछ ।
आर्थिकन्यूज
प्रतिक्रिया