एजेन्सी । अमेरिकी एयरलाइन्सको विमान वासिङ्टन डिसीमा मध्य हावामा हेलिकप्टरसँग ठोक्किएको छ । विमानमा ६० जना यात्रु सवार रहेको जानकारी संघीय उड्डयन प्रशासनद्वारा दिइएको थियो।
डीसी फायर र ईएमएस विभागका अनुसार, विमान दुर्घटना भएर पोटोम्याक नदीमा खसेको छ । विमानमा सवार यात्रु र चालक दलको खोजी भैरहेको छ ।
यस विषयमा अनुसन्धान भइरहेको छ । स्थानीय समयअनुसार राति ९ बजे रेगन वाशिङटन राष्ट्रिय विमानस्थल नजिकै पोटोमाक नदीमा दुर्घटना भएको हो । रेगन एयरपोर्टले सोशल मिडिया प्लेटफर्म एक्समार्फत् सबै उडानहरू तत्कालका लागि रोकिएको जानकारी दिएको छ ।
वाशिंगटन डीसीको आपतकालीन उद्धार टोली रेगन राष्ट्रिय विमानस्थलमा पुगेको छ। त्यहाँ धेरै एम्बुलेन्स र फायर ट्रकहरू देख्न सकिन्छ।
उक्त विमान विचिटा, कन्सासबाट प्रस्थान गरेको थियो।