शीर्षकहरू

समितिको निर्देशनले जलविद्युतको आईपीओ रोकिएको हो भने पुर्नविचार गर्न सकिन्छ : सभापति पोखरेल

समितिको निर्देशनले जलविद्युतको आईपीओ रोकिएको हो भने पुर्नविचार गर्न सकिन्छ : सभापति पोखरेल

काठमाडौं । सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलले लेखा समितिले दिएको निर्देशनकै कारण जलविद्युत कम्पनीलाई आईपीओको स्वीकृति दिन मिलेन भन्नु कर्मचारीको बेकुफी भएको बताएका छन् ।

मंगलवार काठमाडौंमा आयोजना गरिएको जलविद्युत आयोजना स् लगानी, सेयर व्यवस्थापन र चुनौती विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै पोखरेलले समितिको निर्देशनकै कारण जलविद्युत क्षेत्र बन्धक भएको हो भने समिति निर्णय सच्याउन तत्पर रहेको पनि बताए ।

उनले निजी क्षेत्रलाई प्रवर्द्धन गर्नको लागि लेखा समितिले सहयोग गर्ने भन्दै जलविद्युतको आईपीओ रोकिएको विषयमा निजी क्षेत्र र लेखा समितिबीच वादविवाद बढाउनुभन्दा छलफलमा बसेर समाधान गर्न लाग्नु पर्ने बताएका छन् । समितिले निर्णय गरेको विषयमा पुनः छलफल गरी समाधान गर्न सकिने पोखरेलको भनाई थियो ।