शीर्षकहरू

बैंक तथा वित्तीय संस्थामा श्रम ऐन आकर्षित नहुने

बैंक तथा वित्तीय संस्थामा श्रम ऐन आकर्षित नहुने

काठमाडौं । बैंक तथा वित्तीय संस्थामा श्रम ऐन आकर्षित नहुने भएको छ । सर्वोच्च अदालतले वित्तीय संस्थाले दायर गरेको रिटको सुनुवाइमा यस्तो व्याख्या गरको हो । सर्वोच्च अदालतको  पूर्ण इजलासले स्वाबलम्बन लघुवित्त वित्तीय संस्थाले जारी गरेको रिट निवेदनमा विशेष ऐनद्वारा सञ्चालित बैंक तथा वित्तीय संस्थामा श्रम ऐन आकर्षित नहुने व्याख्या गरेको हो ।

 सर्वोच्च अदालतका प्रधानन्याधीश प्रकाशमानसिंह राउतसमेत न्यायाधीशहरु तिलप्रसाद श्रेष्ठ, विनोद शर्मा, शारङ्गा सुवेदी र टेकप्रसाद ढुंगानाको इजलासले शुक्रबार  स्वाबलम्बन लघुवित्त दायर गरेको रिटको फैसला गरेका हुन । 

अदालतले लघुवित्तका कर्मचारीहरु पूर्णचन्द्र राज अवस्थी लगायतले लघुवित्तले श्रम ऐन विपरित कर्मचारीबाट हटाएको रिट निवेदनमा २०७९ असोज ७ मा उनीहरुको पक्षमा फैसला गर्दै कर्मचारीलाई श्रम ऐनको व्यवस्थाअनुसार सेवा शर्तसहित पुनर्बाहली गर्न आदेश दिएको थियो ।

स्वावलम्बन लघुवित्तको सञ्चालक समितिले पूर्णचन्द्र राज अवस्थी, विराज बोगटी, विनोद नेपाली, दिपक चौधरी, चित्र बहादुर बुढाथोकी, हरिशंकर प्रसाद श्रीवास्तव र रामनन्दन मण्डललाई सेवाबाट हटाउने गरी गरेको निर्णयमा श्रम अदालत दिएको आदेश सर्वोच्च अदालतको वृहत पूर्ण इजलाले खारेज गरेको छ ।