काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमाको लागि पनि दलालको व्यवस्था गरेको छ । बीमा नियमावली २०८१ जारी गर्दे प्राधिकरणले विभिन्न खालका दलालको व्यवस्था गरेको छ ।
नियमावली अनुसार प्रत्यक्ष बीमा दलाल, पुर्नबीमा दलाल र संयुक्त बीमा दलाल रहने पाउने छन् । प्रत्यक्ष बीमा दलालले बीमाका लागि मात्रै काम गर्नेछन् । यस्ता दलाले बीमित र बीमक बीमा दलालको काम गर्नेछन् ।
त्यस्तै पुर्नबीमा दलाले बीमा कम्पनी र पुर्नबीमा कम्पनीबीच दलालको काम गर्नेछन् । प्राधिकरणले यस अघि नै १० वटा पुर्नबीमा प्राधिकरणलाई सञ्चालन अनुमति दिएको छ ।
संयुक्त बीमा दलालले भने बीमा र पुर्नबीमा दुवैको लागि दलाल गर्न सक्नेछन् ।
बीमा दलालले सञ्चालन अनुमति लिनु अघि प्राधिकरणबाट पूर्व स्वीकृति लिनुपर्नेछ । दर्ता हुनका लागि संठगित संस्था दर्ताको प्रमाण, प्रबन्धपत्र र नियमावली, सम्भाब्यता अध्ययन प्रतिवेदन, संगठित संस्थाको प्रमुख कार्यकारी व्यक्तिगत विवरण तथा योग्यता खुल्ने कागज बुझाउनु पर्नेछ ।
आफूले गरेको काम कारवाहीको बार्षिक विवरण आर्थिक बर्ष समाप्त भएको मितिले ६० दिन भित्र प्राधिकरणमा पेश गर्नुपर्नेछ ।
बीमा दलालको लागि ५ लाख रुपैयाँ इजाजत पत्र शुल्क तोकिएको छ । नियमन शुल्क ५ हजार, नविकरण शुल्क २५ हजार, विलम्ब शुल्क प्रति दिन एक हजार रुपैयाँ तोकिएको छ ।