काठमाडौं । नेपाल बीमा प्राधिकरणका ४ जना कर्मचारी बढुवा भएका छन् । प्राधिकरणमा प्रशासन समूह, अधिकृत प्रथम श्रेणी, निर्देशक पदका लागि माग भएका ४ जना कर्मचारीलाई आन्तरिक मूल्यांकनका आधारमा उपनिर्देशकलाई निर्देशकमा बढुवा गरेको हो ।
बढुवा हुनेहरुमा पहिलो नम्बरमा ध्रुव तिमिल्सिना छन् । उनले आन्तरिक मूल्यांकनमा ९१.४३८ अंक ल्याएका छन् । त्यस्तै, कुन्दन सापकोटाले ९१.१३८ अंक ल्याएर दोस्रो नम्बरमा बढुवा भएका छन् ।
त्यस्तै, शाम्भराज लामिछानेले ८५.९९० अंक ल्याएका छन् भने निर्मल अधिकारीले ८३.४९१ अंक ल्याएर बढुवा हुन सफल भएको प्राधिकरणले सार्वजनिक गरेको सूचनामा उल्लेख छ । उक्त आन्तरिक बढुवाका लागि ९ जना कर्मचारीले आवेदन दिएका थिए ।