शीर्षकहरू

चीनमा घरपालुवा जनावरको हेरचाह गर्न रोजगारी

एजेन्सी । चीनमा घरपालुवा जनावरको हेरचाह गर्ने व्यक्तिहरुको माग बढ्दै गएको छ । घर मालिक वाहिरी काममा व्यस्त हुँदा पाल्तु जनावरको हेरचाह गर्ने ‘पिट सिटर’हरुको माग बढेको हो । चीनका विभिन्न सहरहरुमा पाल्तु जनावरहरुको स्वामित्व बढिरहेका बेला हेरचाह गर्ने व्यक्तिहरुले राम्रो रोजगारी पाइरहेका छन् ।

पाल्तु जनावरको हेरचाह गर्ने कम्पनीले घरमा घरपालुवा जनावरहरूको हेरचाह सेवा थप्दै कामदारहरूको माग पनि गरेका छन् । उनीहरुले कामदारलाई व्यवसायिक तालीम समेत दिइरहेका छन् ।

चीनका ७० भन्दा बढी सहरहरूमा यस्ता सेवा केन्द्रहरू संचालनमा रहेको र राष्ट्रव्यापी रूपमा प्रमाणित पाल्तु जनावरहरूको संख्या बढेर ४,५०० भन्दा बढी पुगेको छ ।चाइना पाल्तु उद्योग श्वेतपत्र अनुसार, शहरी कुकुर र बिरालो उपभोक्ता बजार २०२३ को तुलनामा ०२४ मा ७.५ प्रतिशतले बढेको छ । (सीसीटीभीप्लस)