शीर्षकहरू

बीमा सर्भेयरको स्वत अपग्रेड हुने व्यवस्था खारेज, प्राधिकरणको तोकेको रकम र संख्याको सर्भे गरेको हुनपर्ने

बीमा सर्भेयरको स्वत अपग्रेड हुने व्यवस्था खारेज, प्राधिकरणको तोकेको रकम र संख्याको सर्भे गरेको हुनपर्ने

काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा सर्भेयरहरुको स्वत अपग्रड हुने व्यवस्था खारेज गरेको छ । प्राधिकरणले बीमा नियमावली, २०८१ जारी गर्दै स्वत अपग्रेड हुने व्यवस्थो खारेज गरिदिएको हो । 

नयाँ व्यवस्था अनुसार १५ बर्ष नियमित रुपमा सर्भेयरको काम गरि प्राधिकरणको तोकेको रकम र संख्याको सर्भे गरेको सर्भेयर क वर्गमा पर्नेछन् । यसैगरी, ७ वर्ष नियमित सर्भेयर काम गरी प्राधिकरणले तोके बमोजिमको न्यूनतम रकम र संख्याको सर्भे गरेका सर्भेर ख वर्गमा पर्नेछन् । 

यस अघिको व्यवस्था अनुसार क बर्गको सर्भेयरको लागि नियमित १५ वर्ष काम गरेको हुनुपर्ने व्यवस्था थियो । ख वर्गका लािग १० वर्ष तोकिएको थियो ।  काम गरेकै आधारमा ख वर्षमा अपग्रेड हुने व्यवस्था थियो । 
यसैगरी, प्राधिकरणले घ वर्गलाई हटाएको छ । यस अघि सर्भेयरको लाइसन्स लिएको ५ वर्ष पछि घ वर्गमा बर्गीकरण गरिन्थ्यो । घ वर्गमा पुगेको ५ वर्ष पुगेपछि ग वर्षको अपग्रेड हुने व्यवस्था थियो । 

यो प्रावधानलाई कडाई गर्दे ग बर्गमा पुग्नका लागि सर्भेरको लाइसेन्स लिएको ७ बर्ष पुगेको हुनुपर्ने व्यवस्था गरिएको छ । साथै प्राधिकरणले तोकेको न्यूनतम रकम र संख्याको सर्भे गरेपछि मात्रै ख वर्गमा अपग्रेड हुन सक्नेछन् ।