शीर्षकहरू

बीमा प्राधिकरणका ५ जना सहायक निर्देशकहरु उपनिर्देशकमा बढुवा

बीमा प्राधिकरणका ५ जना सहायक निर्देशकहरु उपनिर्देशकमा बढुवा

काठमाडौं । नेपाल बीमा प्राधिकरणका ५ जना सहायक निर्देशकहरु उपनिर्देशकमा बढुवा भएका छन् । कार्यसम्पदन मूल्यांकन, जेष्ठता, शैक्षिक योग्यता र तालिमबाट प्राप्त गरेको अंकका आधारमा उनीहरुलाई बढुवा गरिएको प्राधिकरणले जानकारी दिएको छ । 

प्रशासन समूहतर्फ बढुवा हुनेहरूमा शम्भु प्रसाद मिश्र, जमुना अर्याल आचार्य र केदार नाथ भट्ट रहेका छन् । उनीहरुले क्रमशः ८२.३१५, ८१.४३५ र ८१.३७५ अंक प्राप्त गरेका छन् । 

यसैगरी, कानुन समूह तर्फ सविता थापा र रन्जिता के.सी. उपनिर्देशकमा बढुवा भएका हुन् । थापाले ८१.९७६ अंक प्राप्त गर्दा के.सी.ले ८१.९६६ अंक प्राप्त गरेकी छिन् ।