शीर्षकहरू

शेयर बजारमा उछाल, दुई अर्ब ८० करोड बढीको कारोबार

शेयर बजारमा उछाल, दुई अर्ब ८० करोड बढीको कारोबार

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा साताको अन्तिम दिन आज (बिहिबार) उछाल आएकोे छ । आज नेप्से २०.६१ अंकले बढेर १ हजार ५७१ दशमलव ४ विन्दुमा कायम भएको छ । 

नेप्सेका अनुसार बिहिबार २ अर्ब ८० करोड ७७ लाख बढीको कारोबार भएको छ । आज कारोबार भएका समूहमध्ये हाइड्रोपावर र म्यूचुअल फण्डबाहेक अन्य सबै समूहमा हरियाली छाएको छ । 

कारोबारमा बैंकिङ समूहको १८.८६, विकास बैंक ६५.४८, निर्जीबन बीमा ३३२.४१, जीवन बीमा समूहको उपसूचक १५७.३३ अंकले बढेको छ ।

कारोबार रकमको आधारमा बैंक अफ काठमाण्डू अग्रस्थानमा रहेको छ। आजै गरेको लाभांश घोषणाका कारण यो दिन बैंकको कारोबारमा निकै उछाल आएको छ । यो दिन बैंकको १४ करोड ७६ लाख ५६ हजार ३९ रुपैयाँको सेयर किनबेच भएको छ । दोस्रो र तेस्रो स्थानमा शिखर इन्स्योरेन्स र अरुण भ्याली हाइड्रोपावर रहेका छन् ।

सप्तकोशी डेभलपमेन्ट बैंकको कारोबारमा सकारात्मक सर्किट लागेको छ । यस्तै कामना सेवा विकास बैंक, मल्टिप्रपोज फाइनान्स, कर्पोरेट डेभलपमेन्ट बैंकका लगानीकर्ताले कमाउँदा माउन्टेन हाईड्रो, पन्चकन्या माई हाईड्रो, हिमाल उर्जा विकास कम्पनी, यूनिभर्सल पावर कम्पनीका लगानीकर्ताले गुमाएका छन् ।

निवर्तमान अर्थमन्त्री डा. युवराज खतिवडा अमेरिकाका लागि नेपाली राजदूतमा सिफारिस भएसँगै शेयर बजारमा उछाल आएको कतिपय लगानीकर्ताहरूको विश्लेषण छ । 

twitter sharing button

प्रतिक्रिया