aarthiknews.com शनिबार, ०३ असोज २०७७   Saturday, 19 September, 2020
 
Bajaj_Bike
Tasen

कोरोना बीमा मापदण्ड परिवर्तन, एकल बीमा पोलिसी विक्री बन्द (नयाँ मापदण्ड सहित)

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २८ भदौ २०७७
कोरोना बीमा मापदण्ड परिवर्तन, एकल बीमा पोलिसी विक्री बन्द (नयाँ मापदण्ड सहित)
LBEF

काठमाडौं । निजी ल्याबको रिपोर्टका आधारमा कोरोना बीमाको दावी भुक्तानी पाउने गरि कोरोना बीमा मापदण्ड संशोधन भएको छ । बीमा समितिको सञ्चालक समिति बैठकले कोरोना बीमा मापदण्ड २०७७ संसोधन गर्दै निजी ल्याबहरुको रिपोर्टलाई पनि मान्यता दिने व्यवस्था गरिएको हो । 

कोरोना बीमा संशोधन भएपनि निजी ल्याबमा परिक्षण गरिएको पीसीआर रिपोर्टमा बीमा कम्पनीमा संक्रमितले पेश गरेको रिपोर्टमा शंका लागेमा पुनः अर्को ल्याबमा कोरोना परिक्षण गराउन सक्ने प्रावधान भने राखेको छ ।  त्यस्तै, अबदेखि कोरोना बीमाको एकल पोलिसी बिक्रि नगर्ने निर्णय समेत भएको छ । समितिले अब अपरान्त सामुहिक बीमालेख मात्रै जारी गर्ने निर्णय गरेको हो । 

प्रतिक्रिया दिनुहोस