काठमाडौं । नेपाली बजारमा शुक्रबार सुन र चाँदी दुवैको मूल्य बढेको छ। अन्तर्राष्ट्रिय बजारमा देखिएको मूल्यवृद्धिको प्रभाव स्थानीय बजारमा पनि परेको सुनचाँदी व्यवसायीहरूले बताएका छन्।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ५ हजार ३०० रुपैयाँले बढेर २ लाख ९२ हजार रुपैयाँ पुगेको छ। बिहीबार छापावाल सुन प्रतितोला २ लाख ८६ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो।
सुनसँगै चाँदीको मूल्य पनि उकालो लागेको छ। महासंघका अनुसार चाँदीको मूल्य प्रतितोला १९० रुपैयाँले बढेर ४ हजार ८४० रुपैयाँ कायम भएको छ। बिहीबार चाँदी प्रतितोला ४ हजार ६५० रुपैयाँमा कारोबार भएको थियो।
अन्तर्राष्ट्रिय बजारमा बहुमूल्य धातुको मूल्य बढेसँगै त्यसको प्रत्यक्ष प्रभाव नेपाली बजारमा परेको व्यवसायीहरूको भनाइ छ। पछिल्ला दिनमा सुनको मूल्यमा निरन्तर उतारचढाव देखिँदै आएको छ।
आर्थिकन्यूज
प्रतिक्रिया