काठमाडौं । राष्ट्रिय स्वतन्त्र नागरिक समाजका अध्यक्ष तथा ग्रेटर नेपाल अभियानका अभियन्ता फणिन्द्र नेपाल चेक अनादर (बाउन्स चेक) मुद्दामा डिल्लीबजार कारागार पठाइने भएका छन्।
जिल्ला अदालत काठमाडौंले मंगलबार नेपाललाई चेक अनादर मुद्दामा दोषी ठहर गर्दै दुई वर्ष कैद सजाय भोग्न डिल्लीबजार कारागार पठाउने आदेश दिएको हो।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुका अनुसार नेपाललाई बूढानीलकण्ठ नगरपालिका–१०, कपन बस्ती क्षेत्रबाट पक्राउ गरिएको थियो।
नेपालविरुद्ध युवराज खत्रीले दिएको जाहेरीका आधारमा मुद्दा दर्ता भएको थियो। प्रहरीका अनुसार २०७६ सालमा भएको आर्थिक कारोबारसँग सम्बन्धित विषयमा खत्रीले नेपाललाई ऋणस्वरूप रकम उपलब्ध गराएका थिए। उक्त रकम फिर्ता गर्ने क्रममा नेपालले दिएको चेक बैंक खातामा पर्याप्त रकम नभएका कारण साटिन नसकी बाउन्स भएको थियो। चेक साटिन नसकेपछि आफू कानुनी उपचारको बाटो रोज्न बाध्य भएको जाहेरीकर्ता खत्रीको भनाइ रहेको प्रहरी स्रोतले जनाएको छ।
आर्थिकन्यूज
प्रतिक्रिया