काठमाडौं । आज बुधबार सुनचाँदीको भाउमा भारी गिरावट आएको छ । यस दिन सुनको भाउ तोलामा १० हजार १०० रूपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासंघका अनुसार हिजो मंगलबार एक तोला सुनको मूल्य ३ लाख १ हजार ९०० रुपैयाँ रहेकोमा आज बुधबार २ लाख ९१ हजार ८०० रुपैयाँ कायम भएको छ ।
यता चाँदीको मूल्य तोलामा १८५ रूपैयाँले घटेर ४ हजार ७४० रुपैयाँ कायम भएको छ । मंगलबार एक तोला चाँदीको मूल्य ४ हजार ९२५ रुपैयाँ थियो ।
आर्थिकन्यूज
प्रतिक्रिया