शीर्षकहरू

पोहोर करिब १ अर्ब नाफा कमाएको हिमालयन रि यस पटक घाटामा

पोहोर करिब १ अर्ब नाफा कमाएको हिमालयन रि यस पटक घाटामा

काठमाडौं । चालु आर्थिक वर्ष २०८२/०८३ को तेस्रो त्रैमाससम्म हिमालयन रिइन्स्योरेन्स कम्पनीले घाटा व्योहोरेको छ । गत आवको सोही अवधिमा करिब १ अर्ब रुपैयाँ नाफा कमाएको कम्पनीले चालु आवमा भने घाटा व्यहोर्नु परेको हो । 

चालु आवको ९ महिनामा कम्पनी ४ करोड ४३ लाख ५२ हजार रुपैयाँ घाटामा रहेको छ । गत आवको सोही अवधिमा कम्पनीले ९८ करोड ९३ लाख ४ हजार रुपैयाँ नाफा आर्जन गरेको थियो । 

यस अवधिमा कम्पनीको व्यापार सामान्य रुपमा घटेको देखिन्छ । चालु आवको चैत मसान्तसम्म कम्पनीले ४ अर्ब ३१ करोड रुपैयाँ बीमा शुल्क संकलन गरेको छ । गत आवको सोही अवधिमा ४ अर्ब ४६ करोड ५६ लाख रुपैयाँ संकलन भएको थियो । कम्पनीको डाइरेक्स इनकम ९८ करोडबाट ५७ करोडमा झरेको छ भने लगानीबाट प्राप्त हुने आम्दानी ९१ करोडबाट ६२ करोडमा झरेको छ । 

यस अवधिमा कम्पनीले १ अर्ब ३३ करोड रुपैयाँ रुपैयाँ दाबी भुक्तानी गरेको छ । गत आवको सोही अवधिमा १ अर्ब ३१ करोड रुपैयाँ भुक्तानी गरेको थियो । 

१० अर्ब ८६ करोड चुँक्ता पूँजी भएको कम्पनीले हालसम्म १२ अर्ब ३७ करोड रुपैयाँ दिर्घकालका लागि र ४ अर्ब ९१ करोड अल्पकालका लागि लगानी गरेको छ ।  

कम्पनीको प्रति शेयर आम्दानी १२.६८ रुपैयाँबाट घटेर ०.५४ रूपैयाँले ऋणात्मक रहेको छ । 

प्रतिक्रिया