शीर्षकहरू

एपोलो हाइड्रोको आईपीओ नेप्सेमा सूचीकृत, भोलिबाट कारोबार खुल्ने

एपोलो हाइड्रोको आईपीओ नेप्सेमा सूचीकृत, भोलिबाट कारोबार खुल्ने

काठमाडौं। एपोलो हाइड्रोपावर लिमिटेडको प्राथमिक सार्वजनिक निष्काशन (आईपीओ) नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ। सोमबार नेप्सेमा कम्पनीको कुल ४७ लाख कित्ता शेयर सूचीकृत भएको हो।

कम्पनीले सर्वसाधारणमा निष्काशन गरेको १४ लाख १० हजार कित्ता र संस्थापक शेयरधनीहरूले लगानी गरेको ३२ लाख ९० हजार कित्ता शेयर गरी कुल ४७ लाख कित्ता सूचीकृत भएको नेप्सेले जनाएको छ।

सूचीकृत शेयर अब भोलि मंगलबार स्पेशल प्रि-ओपन सेसनमार्फत कारोबारमा आउनेछ। त्यसपछि नियमित बजारमा कारोबार सुरु हुने व्यवस्था गरिएको छ।

नेप्सेले पहिलो कारोबारका लागि एपोलो हाइड्रोपावरको शेयरलाई १०० रुपैयाँदेखि ३०० रुपैयाँसम्मको ओपनिङ रेन्ज तोकेको छ। कम्पनीको शेयर ‘APHL’ टिकर कोडमार्फत कारोबार हुनेछ।

प्रतिक्रिया