काठमाडौं। बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि नेपाल राष्ट्र बैंकले ७७ दिनका लागि ७० अर्ब रुपैयाँ बजारबाट उठाउने भएको छ। राष्ट्र बैंकले निक्षेप संकलन उपकरणमार्फत उक्त रकम तान्न प्रस्ताव आह्वान गरेको हो।
केन्द्रीय बैंकका अनुसार बैंक तथा वित्तीय संस्थामा रहेको अधिक तरलता व्यवस्थापन गर्न शुक्रबार निक्षेप संकलन उपकरण जारी गर्न लागिएको हो। यसका लागि बैंक तथा वित्तीय संस्थाले प्रतिस्पर्धात्मक ब्याजदरमा बोलकबोल गर्न सक्नेछन्।
संकलित रकम ७७ दिनपछि साँवा तथा ब्याजसहित फिर्ता गरिने राष्ट्र बैंकले जनाएको छ। पछिल्ला महिनाहरूमा बैंकिङ प्रणालीमा तरलता बढ्दै गएपछि राष्ट्र बैंकले विभिन्न मौद्रिक उपकरणमार्फत बजारबाट रकम तान्दै आएको छ।
आर्थिकन्यूज
प्रतिक्रिया