शीर्षकहरू

आईएमई लाइफ इन्स्योरेन्सद्वारा बालक्ष्य डेभलपमेन्ट एन्ड केयरलाई सहयोग

आईएमई लाइफ इन्स्योरेन्सद्वारा बालक्ष्य डेभलपमेन्ट एन्ड केयरलाई सहयोग

काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) कार्यक्रमअन्तर्गत बालक्ष्य डेभलपमेन्ट एन्ड केयर प्रालिलाई आर्थिक सहयोग प्रदान गरेको छ।

कम्पनीले न्युरो डेभलपमेन्टल डिसअर्डरबाट प्रभावित बालबालिकाको उपचार तथा पुनःस्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले उक्त संस्थालाई ३ लाख रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराएको जनाएको छ।

आईएमई लाइफका अनुसार उक्त रकम प्रभावित बालबालिकाका लागि आवश्यक थेरापी, विशेष हेरचाह तथा पुनःस्थापना सेवामा खर्च गरिनेछ। यसबाट उपचार आवश्यक रहेका बालबालिकाले समयमै आवश्यक सेवा प्राप्त गर्ने अपेक्षा गरिएको कम्पनीले जनाएको छ।

न्युरो डेभलपमेन्टल समस्याबाट प्रभावित बालबालिकालाई उचित उपचार र थेरापी उपलब्ध गराउन सके उनीहरूको शारीरिक, मानसिक तथा सामाजिक विकासमा सकारात्मक प्रभाव पर्ने विश्वास कम्पनीले व्यक्त गरेको छ। साथै आर्थिक अभावका कारण उपचारमा कठिनाइ भोगिरहेका परिवारलाई समेत राहत पुग्ने अपेक्षा गरिएको छ।

बालक्ष्य डेभलपमेन्ट एन्ड केयरले विशेष आवश्यकता भएका बालबालिकाका लागि मूल्यांकन, परामर्श, थेरापी तथा पुनःस्थापना सेवा प्रदान गर्दै आएको छ। संस्थाको विशेषज्ञता र आईएमई लाइफको सामाजिक प्रतिबद्धताले बालबालिकाको जीवनस्तर सुधारमा योगदान पुग्ने अपेक्षा गरिएको छ।

आईएमई लाइफ इन्स्योरेन्सले ‘Ensuring Future’ भन्ने मूल मन्त्रलाई आत्मसात गर्दै स्वास्थ्य, शिक्षा, वित्तीय साक्षरता तथा सामाजिक उत्थानका क्षेत्रमा निरन्तर सामाजिक योगदान पुर्‍याउँदै आएको जनाएको छ।
 

प्रतिक्रिया