शीर्षकहरू

रसुवागढी हाइड्रोपावरको विद्युत् उत्पादन २१ दिन बन्द हुने

रसुवागढी हाइड्रोपावरको विद्युत् उत्पादन २१ दिन बन्द हुने

काठमाडौं । रसुवागढी हाइड्रोपावर कम्पनी लिमिटेडले आयोजना मर्मत तथा आवश्यक प्राविधिक कार्यका लागि विद्युत् उत्पादन अस्थायी रूपमा बन्द हुने जनाएको छ।

कम्पनीले नेपाल स्टक एक्सचेञ्ज (नेप्से) र सीडीएस एण्ड क्लियरिङ लिमिटेडलाई जानकारी गराउँदै आयोजनाको विद्युत्गृह (पावर प्लान्ट) निर्धारित अवधिका लागि बन्द रहने जनाएको हो।

कम्पनीका अनुसार आयोजना अन्तर्गतका मेसिन तथा उपकरणहरूको मर्मत, परीक्षण र अन्य आवश्यक कार्य सम्पन्न गर्न नेपाल विद्युत् प्राधिकरणबाट स्वीकृति प्राप्त भइसकेको छ। सोही स्वीकृतिअनुसार विद्युत् उत्पादन २१ दिनका लागि बन्द गरिनेछ।

विद्युत् उत्पादन बन्द अवधिमा आवश्यक मर्मत तथा सुधारका कार्य सम्पन्न गरी आयोजना पुनः सञ्चालनमा ल्याइने कम्पनीले जनाएको छ।

कम्पनीले उक्त अवधिमा उत्पादन प्रभावित भए पनि दीर्घकालीन रूपमा आयोजनाको विश्वसनीय र निर्वाध सञ्चालन सुनिश्चित गर्न मर्मत कार्य आवश्यक रहेको उल्लेख गरेको छ।

null

प्रतिक्रिया