शीर्षकहरू

खेलकुद क्षेत्रको बजेट २ अर्ब ५ करोडले घट्यो

खेलकुद क्षेत्रको बजेट २ अर्ब ५ करोडले घट्यो

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि खेलकुद क्षेत्रमा ४ अर्ब ३ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ।

संघीय संसद्मा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले खेल पूर्वाधार विकास, खेलाडी उत्पादन तथा विभिन्न खेलकुद कार्यक्रम सञ्चालनका लागि उक्त बजेट छुट्याइएको जानकारी दिए।

तर, गत आर्थिक वर्ष २०८२/०८३ को तुलनामा खेलकुद क्षेत्रको बजेट उल्लेख्य रूपमा घटेको छ। अघिल्लो आर्थिक वर्षमा खेलकुद क्षेत्रका लागि ६ अर्ब ८ करोड रुपैयाँ विनियोजन गरिएको थियो।

यस आधारमा हेर्दा चालु आर्थिक वर्षको तुलनामा आगामी वर्ष खेलकुद क्षेत्रको बजेट २ अर्ब ५ करोड रुपैयाँले घटेको देखिएको छ।

सरकारले बजेट घटाए पनि खेल पूर्वाधार निर्माण, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिताको तयारी र खेलकुद क्षेत्रको समग्र विकासलाई निरन्तरता दिने जनाएको छ।

प्रतिक्रिया