काठमाडौं । प्रदेश खेलकुद विकास परिषद् बागमती प्रदेशको आयोजनामा प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता बुधबार काठमाडौंको दशरथ रंगशाला, त्रिपुरेश्वरमा सुरु भएको छ। आयोजित उद्घाटन समारोहमा विभिन्न जिल्लाबाट आएका खेलाडी, प्रशिक्षक तथा खेल पदाधिकारीहरूको उल्लेखनीय सहभागिता रहेको थियो। प्रतियोगितामार्फत बागमती प्रदेशको प्रतिनिधित्व गर्ने उत्कृष्ट खेलाडी छनोट गरी आगामी राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागिता गराइने आयोजकले जनाएको छ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथिले विद्यालय तहबाटै खेल प्रतिभाको पहिचान र विकास गर्न राष्ट्रपति रनिङ शिल्डले महत्वपूर्ण भूमिका खेलेको बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाले बताए। उनले खेलकुदलाई अनुशासन, स्वास्थ्य र राष्ट्रिय गौरवसँग जोडिएको क्षेत्रका रूपमा उल्लेख गर्दै युवापुस्तालाई खेल गतिविधिमा सक्रिय हुन आग्रह गरे । “राष्ट्रपति रनिङ शिल्डले विद्यालयस्तरका प्रतिभाशाली खेलाडीलाई राष्ट्रिय स्तरमा पुग्ने अवसर प्रदान गरेको छ। खेल क्षेत्रको विकास र नयाँ प्रतिभा उत्पादनमा यस्ता प्रतियोगिताको महत्वपूर्ण योगदान रहनेछ” उनले भने ।
आर्थिकन्यूज
प्रतिक्रिया