शीर्षकहरू

राष्ट्रिय ट्रमा सेन्टर लगायतमा कमिसनमुखी खरिदले स्वास्थ्य उपकरण थन्किए

राष्ट्रिय ट्रमा सेन्टर लगायतमा कमिसनमुखी खरिदले स्वास्थ्य उपकरण थन्किए

काठमाडौं । सरकारी अस्पतालहरूमा अर्बौं रुपैयाँ खर्चेर खरिद गरिएका अत्याधुनिक स्वास्थ्य उपकरण वर्षौंदेखि प्रयोगविहीन अवस्थामा थन्किएका छन् । महालेखा परीक्षकको ६३औँ प्रतिवेदनअनुसार राष्ट्रिय ट्रमा सेन्टर, शुक्रराज ट्रपिकल अस्पताल, गजेन्द्र नारायण सिंह अस्पतालदेखि नेपाल प्रहरी अस्पतालसम्मका क्याथल्याब, सिटी स्क्यान, एमआरआई, भेन्टिलेटरलगायत उपकरण सञ्चालनमा आउन सकेका छैनन् ।

दक्ष जनशक्ति अभाव, कमजोर व्यवस्थापन र तयारीबिनाको खरिद प्रक्रियाका कारण उपकरण उपयोगविहीन बनेको प्रतिवेदनले औंल्याएको छ । स्वास्थ्य विज्ञहरूले कमिसनमुखी खरिद प्रवृत्ति र सञ्चालन योजना अभावले राज्यको अर्बौँ लगानी खेर गइरहेको बताएका छन् ।

राष्ट्रिय ट्रमा सेन्टरमा रहेको करोडौ रकम पर्ने मेसिन कमिसनको लोभमा खरिद गर्न लगाएर प्रयोग विहिन बनाइएको छ । हरेक निर्देशकले कमिसनको लोभमा महगा मेसिन खरिद गर्ने र उक्त मेसिन प्रयोग गर्ने प्राविधिक  समेत नहुँदा उक्त सामान प्रयोग विहिन हुने गरेका छन् । 
 

प्रतिक्रिया