काठमाडौँ । बिहीबार नेपाली बजारमा आज सुनको मूल्य घटेको छ भने चाँदीको बढेको छ ।
यसदिन सुन तोलामा १०० रुपैयाँले घटेर प्रतितोला एक लाख ६० हजार ५ सय रुपैयाँमा कारोबार भैरहेको छ ।
यस्तै आज चाँदीको मूल्य भने तोलामा ३० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी महासंघका अनुसार बिहीबार चाँदी प्रतितोला एक हजार ८८५ रुपैयाँमा कारोबार भैरहेको छ ।