काठमाडौं । इसेवाले इजीलोनको सुविधा ल्याएको छ । इसेवा र गुडविल फाईनान्सबीच सहकार्यमा ऋणको सुविधा ल्याएको हो । इसेवाले गुडविल फाईनान्स लिमिटेडको सहकार्यमा एजेन्टहरुलाई अब तीन हजारदेखि २ लाख रुपैयाँसम्म इजी ऋण लिन सकिने भएको छ ।
इजीलोन सुविधाले साना तथा मझौला व्यवसायीहरूको आर्थिक आवश्यकतालाई मध्य नजर गर्दै इसेवाले इजीलोनको सुरुवात गरेको थियो भने अबको यो कदमले एजेन्टहरुलाई झन धेरै सहज बनाएकोमा इसेवाका वित्तीय सेवाका हेम घिमिरे विश्वस्त रहेका छन् ।
व्यक्तिगत आवश्यकता पूर्ति गर्न होस् वा आफ्नो व्यवसाय विस्तार गर्न यस इजीलोनले मर्चेन्टहरुको जिवनलाई थप सहज र धेरै हद सम्म तनाव मुक्त बनाउने उनको भनाई रहेको छ । त्यसै गरि इजीलोन छिटो, भरपर्दो, सुरक्षित र पारदर्शी भएकोे र आवेदन प्रक्रिया निकै सहज हुनुको साथै इजीलोन एजेन्टहरूको व्यावसायिक सफलताको लागि तयार पारेका कुरामा समेत जोड दिए ।