शीर्षकहरू

यी हुन् नेपाल लाइफका १२ ठूला शेयरधनी, कसको स्वामित्व कति ?

यी हुन् नेपाल लाइफका १२ ठूला शेयरधनी, कसको स्वामित्व कति ?

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्समा १ प्रतिशत वा सोभन्दा धेरै शेयर स्वामित्व भएका लगानीकर्ताको संख्या १२ रहेको छ । कम्पनीले सार्वजनिक गरेको विवरण अनुसार २०८१ असार मसान्तसम्म ठूला लगानीकर्ताको संख्या १२ रहेको छ । 

जसमध्ये सबैभन्दा धेरै शेयर सुवाश चन्द्र संघाईको रहेको छ । कम्पनीमा सुवाशको ५० लाख ७६ हजार कित्ता शेयर रहेको छ । अर्थात् ६.२९ प्रतिशत शेयर स्वामित्व सुवाशको रहेको छ । 

यसैगरी, गोविन्द लाल संघाईको ४४ लाख ३ हजार ७५४ कित्ता शेयर तथा ५.३७ प्रतिशत स्वामित्व, अनुज अग्रवालको ३९ लाख ८७ हजार कित्ता शेयर तथा ४.८६ प्रतिशत स्वामित्व, विशाल अग्रवालको २८ लाख ७२ हजार ७९४ कित्ता शेयर तथा ३.५० प्रतिशत स्वामित्व, राम चन्द्र संघाईको २७ लाख ८६ हजार कित्ता शेयर तथा ३.३९ प्रतिशत स्वामित्व, पवन कुमार गोल्यानको २४ लाख ६५ हजार ४०७ कित्ता शेयर तथा ३ प्रतिशत स्वामित्व, पुरुषोत्तम लाल संघाईको २४ लाख २६ हजार ८७४ कित्ता शेयर तथा २.९४ प्रतिशत स्वामित्व, वासुदेव गोल्यानको १९ लाख ५० हजार ६६२ कित्ता शेयर तथा २.३८ प्रतिशत स्वामित्व र कविता संघाईको १६ लाख ७ हजार ९२५ कित्ता शेयर तथा १.९६ प्रतिशत स्वामित्व रहेको छ ।

त्यसैगरी, तुलसी राम अग्रवालको १३ लाख ८४ हजार ४२१ कित्ता, मञ्जु अग्रवालको १३ लाख ३३ हजार ४४९ कित्ता र सुशील गुप्ताको ११ लाख २६ हजार २१६ कित्ता शेयर रहेको छ । 

तुलसी, मञ्जु र सुशीलको शेयर स्वामित्व क्रमशः १.६९ प्रतिशत, १.६२ र १.३७ प्रतिशत रहेको छ ।