शीर्षकहरू

मन्त्रिपरिषद बैठकः जोशी र ढकाल अतिरिक्त महानिरीक्षक पदमा बढुवा

मन्त्रिपरिषद बैठकः जोशी र ढकाल अतिरिक्त महानिरीक्षक पदमा बढुवा

 काठमाडौं । प्रहरी नायवमहानिरीक्षकहरु  उमेशराज जोशी र भिमप्रसाद ढकाललाई प्रहरी अतिरिक्त महानिरीक्षक पदमा बढुवा भएका छन् ।  २७ गतेको मन्त्रिपरिषद् बैठकले दुईजनालाई नियुक्त गरी पदस्थापन गर्ने निर्णय गरेको हो ।

त्यस्तै,अन्तर्राष्ट्रियस्तरको क्रिकेट, कराँते, तेक्वान्दो र कबड्डी प्रतियोगितामा विजयी तथा पदक प्राप्त खेलाडी, प्रशिक्षक तथा व्यवस्थापक गरी जम्मा ४२ जनालाई पुरस्कार तथा सम्मान गर्न स्वीकृति दिने निर्णय गरेको छ। समाजकल्याण परिषदको रिक्त उपाध्यक्ष पदमा नन्दलाल माझी, सुनसरीलाई मनोनयन गरेको छ । भाषा आयोगको रिक्त सदस्य पदमा  सुरेश मानन्धर, काठमाडौंलाई नियुक्त गरेको छ ।