शीर्षकहरू

प्रधानमन्त्रीलाई फागुन ३० कै संख्यामा विश्वासको मत

प्रधानमन्त्रीलाई फागुन ३० कै संख्यामा विश्वासको मत

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले आज प्रतिनिधि सभाबाट विश्वासको मत प्राप्त गरेका छन्।

जसपा सरकारबाट बाहिरिए सरकारलाई दिएको समर्थन पनि फिर्ता लिएपछि प्रधानमन्त्रीले विश्वासको मत लिएका हुन् ।

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले नाराबाजीसहित विरोध गरिरहँदा प्रधानमन्त्रीले विश्वासको मत लिएका हुन् ।

आजको प्रतिनिधिसभा बैठकमा कांग्रेसलगायत विपक्षी दल मतदानमा सहभागी नै भएनन् भने उपस्थित १५८ मध्ये १५७ जनाले प्रधानमन्त्रीलाई विश्वासको मत दिने पक्षमा मतदान गरेका थिए ।

एक जना भने तटस्थ रहे ।

यसअघि प्रधानमन्त्रीले 

गठबन्धन फेरिएसँगै नेपाली कांग्रेसले प्रतिपक्षमा बस्ने निर्णय गरेपछि २०८० फागुन ३० गते तेस्रोपटक विश्वासको मत लिएका थिए । त्यसबेला पनि उनलाई १५७ जना सांसदले विश्वासको मत दिएका थिए ।