शीर्षकहरू

अरुण भ्याली हाइड्रोपावरको शतप्रतिशत हकप्रद सूचीकृत

अरुण भ्याली हाइड्रोपावरको शतप्रतिशत हकप्रद सूचीकृत

काठमाडौं । अरुण भ्याली हाइडोपावर डेभलपमेन्ट कम्पनी लिमिटेको शतप्रतिशत हकप्रद शेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचीकृत भएको छ । कम्पनीको शतप्रतिशत हकप्रद शेयर वापतको १ करोड ८६ लाख ७९ हजार ६२६ कित्ता शेयर सोमबार सूचीकृत गराएको हो । 

मंगलबारदेखि कारोबारयोग्य हुने यी शेयर सम्बन्धित शेयरधनीहरूले भने आफ्नो हितग्राही खातामा जम्मा भएपछि मात्र कारोबार गर्न सक्नेछन् । कम्पनीले फागुन १७ गतेदेखि चैत ७ गतेसम्म शतप्रतिशत हकप्रद शेयर विक्री गरी चैत २७ गते बाँडफाँट गरेको थियो । 

कम्पनीले १ बराबर १ को अनुपातमा १ करोड ८६ लाख ७९ हजार ६२६ कित्ता हकप्रद शेयर विक्री खुला गरेकोमा १९ लाख ९२ हजार १३४ कित्ता भने वितरण हुन नसकेपछि वैशाख १० गतेदेखि २४ गतेसम्म लिलामीमा विक्री गरेको हो । 

१ अर्ब ८६ करोड ७९ लाख ६२ हजार ६०० रूपैयाँ चुक्तापूँजीको आधारमा शतप्रतिशत हकप्रद शेयर विक्री गरेको कम्पनीको हाल ३ अर्ब ७३ करोड ५९ लाख २५ हजार २०० रुपैयाँ चुक्तापूँजी कायम भएको छ । यस कम्पनीले ९ दशमलव ९४ मेगावाट क्षमताको काबेली बी–१ क्यास्केड जलविद्युत आयोजना निर्माण सम्पन्न गरी २०७८ साल चैत १२ गतेदेखि व्यवसायिक उत्पादन गर्दै आएको छ ।