शीर्षकहरू

कांग्रेसको अवरोधपछि संसद् १५ मिनेटका लागि स्थगित

कांग्रेसको अवरोधपछि संसद् १५ मिनेटका लागि स्थगित

काठमाडौं । नेपाली कांग्रेसको अवरोधपछि प्रतिनिधिसभाको आजको बैठक १५ मिनेटका लागि स्थगित भएको छ ।

आजको संसद्‌मा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिने कार्यसूची रहेको छ । सभामुख देवराज घिमिरेले संविधानको धारा १०० उपधारा २ बमोजिम प्रतिनिधिसभाबाट विश्वासको मत प्राप्त गर्नुपर्ने व्यवस्था रहेको भन्दै प्रधानमन्त्रीलाई विश्वासको मत प्राप्त गर्न वक्तव्यसहित प्रस्ताव पेस गर्न आह्वान गरेका थिए । तर कांग्रेस सांसदहरू बेल घेराउ गर्न आइपुगेका थिए । उनीहरूले सहकारी ठगलाई कारबाही गर भन्ने जस्ता नारा लगाएका थिए ।

प्रमुख प्रतिपक्षी कांग्रेसले उपप्रधान तथा गृहमन्त्रीको नाम समेत जोडिएको सहकारी प्रकरणमा छानबिन समिति बनाउनुपर्ने माग गर्दै आएको छ ।