शीर्षकहरू

कांग्रेसविरुद्ध प्रधानमन्त्रीको आक्रोश : यो गतिविधिको मूल्य चर्को पर्नेछ

कांग्रेसविरुद्ध प्रधानमन्त्रीको आक्रोश : यो गतिविधिको मूल्य चर्को पर्नेछ

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसद् अवरोध गरिरहेको नेपाली कांग्रेसप्रति आक्रोश व्यक्त गरेका छन् । विश्वासको प्रस्तावमाथि उठेका प्रश्नहरुको जवाफ दिन रोस्ट्रममा उक्लिएका उनले सुरुमै कांग्रेसमाथि आक्रोश व्यक्त गरेका हुन् ।

उनले भने, 'नेपाली कांग्रेसका सबै माननीयहरुलाई भन्न चाहन्छु । तपाईँहरुले आज बहुत गलत गर्नुभयो । तपाईंहरुले नेपालको इतिहासमा जुन प्रधानमन्त्रीले पटकपटक साथ दियो । यो पटक पनि जुन प्रधानमन्त्रीले तपाईंहरुलाई संवाद र सहमतिको बाटोमा ल्याउन मेहनत गरेको छ, त्यसलाई संविधानअनुसार विश्वासको मत लिन नदिएर तपाईंहरुले इतिहासमा एउटा नराम्रो उदाहरण प्रस्तुत गर्नुभएको छ । म त्यसको निम्ति गहिरो दु:ख व्यक्त गर्न चाहन्छु ।'

उनले यो गतिविधि कांग्रेसका लागि मूल्य चर्को पर्ने बताए । उनले भने, 'नेपाली कांग्रेसका लागि मूल्य धेरै चर्को पर्नेछ, आजको तपाईंहरुको यो गतिविधि नेपालको इतिहासमा कलंकका रुपमा राम्रैसँग स्थापित हुनेछ ।'